मेरो हिजो र यो आज

अतीतलाई किन यति माया गर्छु
या वर्तमानलाइ गर्न किन सक्दिन ?
त्यही  हिजोमै रुमलिईरहेको छु म ,
त्यही  पाना , खै कतिऔं पटक, पढ्दै छु म |

थाहा छैन कता कुन डोरीले बाँधेको छ मलाई |
थाहा छैन के-कति कारण म त्यहि अल्मलिएको छु |
मनास्पटलमा खै के-कस्तो छाप बसेछ ?
अतीतलाई त्यसैत्यसै बिर्सिनसक्नु बनाइदिएछ !

हिजोकै सम्झनामा आज बिर्सिरहेछु |
भोलिको आशामा आज पन्छाईरहेछु |
कति गर्रौं यी निरर्थक प्रयाश ?
कति दोहोराऊं उही पुरानो गल्ती ?

सहस बटुल्दै छु म , बाटो त्यसै बिलाउँछ |
आँट जुटाउदै छु म , साहारा त्यसै हराउँछ  |
आहा! कति मिठो थियो त्यो हिजो...|
कठै! कति पट्यार लाग्दो बन्दैछ आज...|

Comments

Popular posts from this blog

Heart on my sleeves

At the Sea

The Journey