एउटा अठोट
प्रत्येक पाईला भासिंदैछ अघि बढूं कसरी ? हरेक आवाज बिलाउँदैछ सबै कुरा भनूँ कसरी ? आँट बटुलेर अघि सर्दा आँशु बनी झर्छ किन ? ज्योति बनी डोर्याउनेहरु मोड-मोडमा हराउंछन् किन ? आफू आफैसँग भागिरहेछु थाहा छैन किन । गन्तव्य खै कहाँ हो थाहा छैन किन । शब्द कोरेर सम्हालिन खोज्दा अझै लर्बराउँछु । आशा लिएर उठ्न खोज्दा अझै पछारिन्छु । जिन्दगी यस्तै हो भनी किन भन्छन् सबै ? बाटो अप्ठ्यारो छ भनी पछि किन सार्छन् सबै ? साथी कोही हुन्नन् भो नजाऊ भन्छन् किन ? एक्लै आएथेँ म, एक्लै जानु छ , स्वतन्त्र उड्न देऊ । आकाश छुन नसकेपनि धर्तीमै केही गर्नेछु । बाटो आफै बनाउंदै छु , छैन भनी नपन्छाऊ न । पाइला सानै होलान् , आँट थोरै होला, तर म गर्छु र म बन्छु।