यो सहर र मेरो प्रेम कथा
यो एक सपनाको सहर हो रे | मैले देखेको दुनियाँ सानै छ | २० वर्षको मेरो यो यात्रा मैले यहि सहरमा सुरु गरेको हूँ | तर म यो सहरलाई धेरै चिन्दिनँ, आसयो सहर आसपासका ठाउँ त मेरालागि सबै बिरलै छन् | सहरहरु ठाउँमात्र हैनन्, यो कुरा म अब बल्ल बिस्तारै थोरै बुझ्दैछुँ | एउटा सहरको रुप, रंग मात्र हैन, आफ्नै छुट्टै कथा हुन्छ, आफ्नो छुट्टै एक पहिचान हुन्छ | एक सहरको प्रत्येक घर, प्रत्येक गल्ली अनि बाटाहरुमा लुकेका सपना र आशाका किरणहरु | बिहानी र साँझका रंगमा रुमलिंदै, रंग बदल्दै, बादलसँग लुकामारी खेल्दै केही सपनाहरु माथि-माथि आकाशतिर लाग्छन् अनि केही सपनाहरु चाँहि यहि सहरका ठूला-ठूला घरका पर्खालसँग जुध्दै हारिरहन्छन् | केही सपनाहरु यही सहरका मानिसहरुमाझ अल्झिएर बिलाउंछन् | अनि केही सपनाहरु साँझ र बिहानीको दोसांधमै बिलउंछन् | एका बिहानै कलेज जाने बेला मैले देख्ने सहर र सांझ अफिसबाट फर्किंदा मैले देख्ने सहर नै मलाई बेग्लै लाग्छ अचेल | आफै हिंड्न, डुल्न जाने देखि चिनेका बाटाहरुले बिहानी घाम उदाउनुअघि मलाई देखाउने रंग अनि त्यस्तै रंगले रंगिएका मेरा सपनाहरु सा...