अस्तित्वको खोज

निम्ति, मेरा निम्ति म आफै
त्यहि अन्योल मिश्रित  लिएर
पछ्याउदै ती धमिला किरण
थम्यौदै ती सुक्ष्म आवाज
म खोजि गर्दै छु आफ्नै अस्तित्वको
आफु भित्रै बिलाएको 'म ' को

खै के कति कारणले 'म ' हराएँ
आफैलाई पत्तो छैन।
सबैले  भने, 'म ' हराएँ रे!
बिलाएँ  रे कतै त्यहि भीडमा !
सोचहरुकै भीडमा बिलीन भएँ रे !
'होला सायद।' भन्दै टारीदिएँ।

तर आज म आफैसँग प्रश्न गर्दै छु,
लडिरहेकी छु म  आफैसँग आफैलाई।
बाझ्दै छु म आफैसँग आफ्नै परिचयका लागि,
प्रश्न गर्दै छु म आफैलाई हराएको 'म ' का  बारे।
 खोज्दै छु आफैलाई  हिजो छाडिसकेका लतहरुमा,
भेटाउन खोज्दै छु आफैलाई, आफु भित्रकै कणकणमा।


मलाई तर्साउँदै थिए, मेरा आफ्नै आशाहरु,
मलाई बिलीन पर्दै थिए , मेरा आफ्नै उद्देश्यहरु।
मलाई लडाउँदै थिए , मेरा आफ्नै पाइलाहरु ,
सायद त्यसैले होला , सबैले हिजो सोधेथे ," 'म' कता हराएँ ?"




Comments

Popular posts from this blog

Heart on my sleeves

At the Sea

The Journey