अस्तित्वको खोज
निम्ति, मेरा निम्ति म आफै त्यहि अन्योल मिश्रित लिएर पछ्याउदै ती धमिला किरण थम्यौदै ती सुक्ष्म आवाज म खोजि गर्दै छु आफ्नै अस्तित्वको आफु भित्रै बिलाएको 'म ' को खै के कति कारणले 'म ' हराएँ आफैलाई पत्तो छैन। सबैले भने, 'म ' हराएँ रे! बिलाएँ रे कतै त्यहि भीडमा ! सोचहरुकै भीडमा बिलीन भएँ रे ! 'होला सायद।' भन्दै टारीदिएँ। तर आज म आफैसँग प्रश्न गर्दै छु, लडिरहेकी छु म आफैसँग आफैलाई। बाझ्दै छु म आफैसँग आफ्नै परिचयका लागि, प्रश्न गर्दै छु म आफैलाई हराएको 'म ' का बारे। खोज्दै छु आफैलाई हिजो छाडिसकेका लतहरुमा, भेटाउन खोज्दै छु आफैलाई, आफु भित्रकै कणकणमा। मलाई तर्साउँदै थिए, मेरा आफ्नै आशाहरु, मलाई बिलीन पर्दै थिए , मेरा आफ्नै उद्देश्यहरु। मलाई लडाउँदै थिए , मेरा आफ्नै पाइलाहरु , सायद त्यसैले होला , सबैले हिजो सोधेथे ," 'म' कता हराएँ ?"